१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


६ ओटा मोटरसाइकलमा आगजनी


0
Shares

लमही, मंसिर १७ । दाङको राजपुर गाउँपालिका–४, जहरेघाटमा ६ ओटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

गोरु तस्कर र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

स्थानीयवासीकाअनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेकाअनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी गरिएको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए । रासस