Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


काठमाडौंका ६ स्थान निषेधित क्षेत्र


0
Shares

जिल्ला सुरक्षा समिति, काठमाडौंको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट जुलुस, प्रदर्शन, धर्ना, घेराऊजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिप्रकाले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद भवन रहेको नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास, सामाखुसीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

सूचनाविपरीत कुनै कार्य गरे कानुनअनुसारको कारबाही हुने जिप्रका काठमाडौंले जनाएको छ । रासस