
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत भइसकेका खरेलको जन्म २०१७ साल माघ १२ ताप्लेजुङको थेचाम्बु–५ भएको थियो ।
नेपाल ल क्याम्पसबाट २०४१ सालमा कानुनमा स्नातक गरेका खरेलले २०४२ सालमा वकालत सुरु गरेका थिए ।
वि.सं. २०६८ मा वरिष्ठ अधिवक्ताको पदवी प्राप्त गरेका खरेल वि.सं. २०४५ मा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य र २०५४ सालमा बारको महासचिव भएका थिए ।
त्यसैगरी, २०४७ सालको संविधान निर्माणमा एमाले नेता माधवकुमार नेपालको कानुनी सहयोगीकारुपमा काम गरेका उनी २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्य, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भए । उनले संविधान लेखनकाक्रममा विभिन्न मस्यौदा समितिमा रहेर काम गरे ।
नेपालको संविधान जारी भएपछि वरिष्ठ अधिवक्ता खरेल २०७२ साल असोज २४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र करिब एक महिना शिक्षामन्त्रीकारुपमासमेत काम गरेका थिए ।
सरकारको प्रमुख कानुनी सल्लाहकारकारुपमा रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने कानुनी व्यवस्था छ । रासस
प्रतिक्रिया दिनुहोस्