काठमाडौंको तिलङ्गेटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु • Image Khabar Image Khabar


काठमाडौंको तिलङ्गेटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १२:३५

काठमाडौंको तिलङ्गेटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार बिहान बा१०च ७४८१ नम्बरको जीपको ठक्करबाट नुवाकोट घर भई हाल तिलङ्गेटार बस्ने ४५ बर्षीया सुष्मा तामाङको मृत्यु भएको हो ।

बिहान साढे ७ बजे जीपको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा कान्तिपुर डेन्टल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी प्रभाग तिलङ्गेटारले जनाएको छ ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्