२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


‘भद्रगोल’की रक्षा पहिलो पटक आमाको भूमिकामा देखिइन् (भिडियो)


0
Shares

काठमाडौं, फागुन ९ । गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् ।

तुलाले निर्देशन गरेको नयाँ गीत ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ ।

गायक तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो ।

गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐनाजस्तै छर्लग पारेको छ ।

यो भिडियोमा निर्देशक तुलाले ठूलो मेहेनतका साथ काम गरेका छन् ।

भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् ।

बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल लाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् ।

भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ ।

भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

(भिडियो)