५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


‘पेन्ससँगको वार्ता उत्तर कोरियाद्वारा रद्द’


0
Shares

पेन्स शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन सोल गएका थिए ।

उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी किम यो जोङ र त्यहाँका आलंकारिक राष्ट्राध्यक्ष दक्षिणसँग सम्बन्ध सुधारको संकेत दिँदै सोही समारोहका लागि सोल पुगेका थिए ।

पेन्सले किम यो जोङसँग उद्घाटन समारोहको भोलिपल्ट दक्षिण कोरियाली राष्ट्रपतिको निवास ‘ब्लु हाउस’मा वार्ता गर्ने तय भएको थियो ।

तर, अमेरिकाले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको र पेन्सले उत्तरका भगौडाहरूलाई भेटेको भन्दै वार्ता रद्द गरिएको थियो ।

सोही दिन उत्तर कोरियाली किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई उत्तरको भ्रमणको निम्तो दिएकी थिइन् । (एजेन्सी)