३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


डा. केसीको स्पष्टीकरण–‘मानवीय त्रुटिले मेरो जन्ममिति फरक पर्‍यो’


0
Shares

बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै पत्रकार सम्मेलन गरी उनले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको स्वीकार गर्दै मानवीय त्रुटिका कारण त्यसो हुन पुगेको बताए ।

डा. केसीले आफ्नो आधिकारिक जन्ममिति नागरिकतामा रहेको वि.सं. २०१३ असोज २७ गते नै भएको भन्दै एसएलसीको चारित्रिक प्रमाणपत्रमा मानवीय त्रुटिले फरक परेको बताए ।

‘जन्ममितिमा त्रुटि भएको छ, यदि छानबिन गर्नुहुन्छ भने पनि म पूर्णसहयोग गर्न तयार छु’–उनले भने ।

डा. केसीको जन्ममिति नागरिकतामा २०१३ साल असोज २७ गते रहेकोमा एसएलसीको चारित्रिक प्रमाणपत्रमा भने २०१३ साल माघ २४ गते रहेको पाइएको छ ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि आफूलेजस्तै फरक–फरक जन्ममितिबारे स्पस्ट पार्न आग्रह गरे ।

पराजुली प्रधानन्यायाधीशबाट नहटेसम्म आफूले सर्वोच्च अदालतको तारेखसमेत नबुझ्ने डा. केसीको अडान रहेको छ ।

भिडियो हेर्नुहोस्