२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार


0
Shares

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नयाँ सरकारले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले मंगलबार सिफारिस गरेको निर्णयानुसार नै राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनयन गरेकी थिइन् । रासस