
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहीबार (भोलि) फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उनले बताए ।
त्यसपछिमात्र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्