Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


नक्कली कागजात बनाएर डेढ करोड कर्जा लिइ ठगी गर्ने समातिए


0
Shares

ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुछ्रे बैंक पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोबिधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भइ बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बुधबारदेखि अनुसन्धान भइरहेको जानकारी दिए । रासस