बस दुर्घटनामा एकजनाको मृत्यु, अर्का एकजना घाइते • Image Khabar Image Khabar


बस दुर्घटनामा एकजनाको मृत्यु, अर्का एकजना घाइते


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार ०७:३५

बस दुर्घटनामा एकजनाको मृत्यु, अर्का एकजना घाइते

दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए ।

सोही दुर्घटनामा परी घाइते सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया गर्भवती नितु मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नम्बरको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्