
राति सवा १० बजे से३प ६४८९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिदा मोटरसाइकलमा पछाडि सवार कैलाली, टिकापुर नगरपालिका–४ का ३० वर्षीय बजारु चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय रामबहादुर चौधरीको भने नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्