२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भूकम्पपछि नेपालमा असमानता अझै बढ्यो : एम्नेष्टी


0
Shares

एम्नेष्टीले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दक्षिण एसियामा मानिसहरुलाई बलपूर्वक बेपत्ता बनाउने, धर्मको नाममा दमन गर्ने कार्यले तीव्रता पाएको उल्लेख छ ।

एम्नेष्टीको प्रतिवेदनमा दक्षिण एसियाका सरकार नै स्वतन्त्रतालाई अपराधीकरण गर्ने, मृत्युदन्डको व्यापक प्रयोग गर्ने र शरणर्थीमाथि हमला गर्ने क्रियाकलापमासमेत संलग्न रहेको जनाइएको छ ।

एम्नेष्टीले भारतमा अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन कानुनहरुलाई दमनपूर्वक कार्यान्वयन गरिएको र पत्रकारहरु लगातार आक्रमणमा परिरहेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

उक्त प्रतिवेदनमा विभिन्न मुलुकका सरकारले राजनीतिक फाइदाका लागि शरणार्थीको उपयोग गर्ने गरेको निष्कर्ष निकालेको छ ।

१५९ देशलाई समेटेर तयार पारिएको प्रतिवेदनमा अमेरिका र युरोपमा शरणार्थीलाई निशानामा पारेर द्वेष फैलाउने गरेको उल्लेख छ । तर, यी मुलुकहरु आफूलाई मानवअधिकारको समर्थक बताउने गरेको भन्दै उनीहरुको आलोचना गरिएको छ ।

उक्त प्रतिवेदनमा भूकम्पपछि नेपालमा असमानता अझै बढेको उल्लेख गरिएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा सीमान्तकृतहरुको संरक्षण गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।