२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


काठमाडौंमा छिटफुट वर्षा


0
Shares

उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले बिहीबर (आज) खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनकाअनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघगर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा हुनेछ ।

अहिले मध्यपहाडी भेगमा बढी बदली रहेको छ भने काठमाडौंका कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहेपनि मध्याह्नपछि बदली हुने गरेको छ ।

पूर्व मनसुनको यामपनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् आर्यालले बताए ।

सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्वमनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षात् गराउने सम्भावना हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहीबार काठमाडौंको अधिकतम् २३.२ र न्यूनतम् तापक्रम ७.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगन्जको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ । रासस