दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते • Image Khabar Image Khabar


दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १८:४८

दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते

मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय श्रवण शाही, सोही गाउँपालिका–६ की २२ वर्षीया निर्मला पाण्डे विष्ट, २९ वर्षीया निर्मला सिंह र वीरेन्द्र नगरपालिका सुर्खेतका ३० वर्षी तिलक ढकाल रहेका छन् ।

दैलेख सदरमुकामबाट दैलेखकै महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गाउँपालिका–१ ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गम्भीर घाइते पाँचजनालाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

जिप उकालो लाग्नेक्रममा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्