 
	    काठमाडौं, मंसिर १६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लवको अपराजित यात्रा टुंगिएको छ ।
चौथो खेलसम्म अपराजित हिमालयन पाँचौं खेलमा त्रिभुवन आर्मी क्लवसँग २–१ ले पराजित भएको हो । आर्मीलाई जिताउन खेलको ३२ औं मिनेटमा कप्तान भरत खवासले हेडमार्फत पहिलो गोल गरे । ८५ औं मिनेटमा पुनः भरतले नै गोल थपे ।
८७ औं मिनेटमा हिमालयनका उल्रिच साइवेले एक गोल फर्काएका थिए ।
अहिलेसम्म अपराजित आर्मी जितसँगै १३ अंकका साथ दोस्रो स्थानमा पुगेको छ । हिमालयन १० अंकसहित छैटौं स्थानमा यथावत् छ ।
पाँचौं चरणको समाप्तिसम्म १५ अंकसहित मनाङ मर्स्याङ्दी क्लव शीर्ष स्थानमा रहँदा समान १२ अंकका थ्रीस्टार क्लव र संकटा क्लव क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको नेपाल पुलिस क्लवको १० अंक छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्