१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्रक खस्दा तीनजना घाइते


0
Shares

हेटौंडाबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु१ख १५९ नम्बरको ट्रक गजुरी–२ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

घाइतेमध्ये एकजनालाई गजुरी अस्पताल र दुईजनालाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।

दुर्घटनाग्रस्त गाडीको सिमेन्ट बगरमा छरिएको छ । रासस