१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल एक लाख घुससहित पक्राउ


0
Shares

प्रदिप पौडेल 

पोखरा, मंसिर १६ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ ।

पौडेलमाथि मुद्दाको प्रक्रिया सुरु भइसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।