रेडपाण्डा संरक्षणका लागि ६८ लाख रुपैयाँ खर्च गरिने • Image Khabar Image Khabar


रेडपाण्डा संरक्षणका लागि ६८ लाख रुपैयाँ खर्च गरिने


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार ०९:३८

रेडपाण्डा संरक्षणका लागि ६८ लाख रुपैयाँ खर्च गरिने

जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार ३ सय रुपैँया बजेट छुट्याएको हो । नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ ।

सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । मञ्चले गत वर्ष पनि ४३ लाख ८४ हजार ५० रुपैँया खर्च गरेको थियो ।

यसअन्तर्गत ताप्लेजुङमा रेडपाण्डाको बासस्थान १ हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो । त्यस्तै वातावरण संरक्षण, शिक्षा, बासस्थान पुनर्स्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालिम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम पनि तय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्