
निर्धारित समयअघि नै सडक सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माणमा तिव्रता दिइएको हो । प्रदेश नम्बर ३ को मकवापुरको हेटौंडादेखि सिन्धुली, उदयपुरको कटारी गाईघाट हँुदै धरानसम्म निर्माण भइरहेको दोहोरो लेनको यो सडकको कुल लम्बाई ३१८ किलोमिटर र चौडाई ३० मिटर रहने छ ।
पछिल्लो समयमा सडकको ट्रयाक निर्माण सकेर पक्की गर्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा कुल ३३ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । पुल निर्माणको काम पनि ५० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
सडक निर्माणको काम विभिन्न कम्पनीले ७ वर्षदेखि गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्