केन्द्रमा १८ मन्त्रालय कायम गर्ने मन्त्रिपरिषदको निर्णय • Image Khabar Image Khabar


केन्द्रमा १८ मन्त्रालय कायम गर्ने मन्त्रिपरिषदको निर्णय


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार १०:४३

केन्द्रमा १८ मन्त्रालय कायम गर्ने मन्त्रिपरिषदको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारमा १८ वटा मन्त्रालय कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि वातावरण मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय बनाउने निर्णय सरकारले गरेको जानकारी दिए ।

यसअघि बिहीबार नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीचको बैठकले मन्त्रालय घटाउने विषयमा सहमति जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्