
बिहान ११ बजेर ५७ मिनेटको शुभसाईतमा रंगीचंगी कपडाको टुक्रा झुण्ड्याएर चीर गाडिएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने परम्परा छ ।
चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए । चीर गाडेपछि होली विधिवत रुपमा सुरु भएको मानिन्छ ।
होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा फागुन १७ गते र तराईमा १८ गते होली पर्व मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्