शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु • Image Khabar Image Khabar


शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार १८:२९

शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसानले) आयोजना गरेको सम्मेलनमा भारत, चीन, बेलायत, अष्ट्रेलिया, स्पेनलगायत १० देशका शिक्षाविद्हरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

दुई दिनसम्म चल्ने यस सम्मेलनबाट आउने निष्कर्षले नेपालको शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने आयोजकको दाबी रहेको छ ।

कार्यक्रममा हिसानका अध्यक्ष रमेशकुमार सिलवालले देश संघीयतामा गइसकेको अवस्थामा शिक्षा प्रणालीलाई परिमार्जन गरी समयानुकूल बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्