आइतबार सरकार विस्तार हुन्छ : दाहाल • Image Khabar Image Khabar


आइतबार सरकार विस्तार हुन्छ : दाहाल


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार २०:२४

आइतबार सरकार विस्तार हुन्छ : दाहाल

शुक्रबार राजधानीमा सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार विस्तारका विषयमा नेकपा एमालेसँग छलफल टुंगिएको र आइतबार एकमुष्ठरुपमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

उनले भने–‘एमालेले पनि मन्त्रिमन्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ । माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ ।’

सबै वर्ग, क्षेत्रलाई मिलाउनु पर्दा केही समय लागेकोजस्तो देखिएपनि ‘तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको’ उनको भनाइ थियो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको बताइएपनि उनले शपथग्रहण समारोहमा नै नाम सार्वजनिक हुने उल्लेख गरे ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिहीबारको बैठकले मन्त्रिमन्डलमा सहभागी हुने सदस्यको नामावली चयन गर्न अध्यक्ष दाहाल तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो ।

माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

एमाले र माओवादी केन्द्रको सहमतिअनुसार एमालले १० र माओवादी केन्द्रले सात मन्त्रालय लिने सहमति भएको छ ।

नयाँ शक्तिका नेता शाह माओवादीमै
यसैबीच, नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य जनक शाह शुक्रबार माओवादी केन्द्रमा फर्किएका छन् ।

नेता शाहलाई अध्यक्ष दाहालले शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराएका हुन् ।

उनले वाम एकताको प्रक्रिया सुरु भएपछि जनतामा नयाँ उत्साहको सन्चार भएको बताए । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश नम्बर–७ इन्चार्ज लेखराज भट्टलगायतको उपस्थिति थियो ।

नेता शाहसँगै कैलाली जिल्लामा क्रियाशील नयाँ शक्तिका दुई दर्जन नेता तथा कार्यकर्तासमेत माओवादी केन्द्र प्रवेश गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्