२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेसका सांसदहरुको बैठक आज बस्दै


0
Shares

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका सांसदहरुको बैठक आज बस्दै छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सांसदहरुले विधानको टुंगो लगाउने, संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गर्नेलगायतका विषयमा छलफल गर्ने छन् ।

सांसदहरुको सुझावका आधारमा भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधानबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ जना सांसद छन् ।