३० असार २०८२, सोमबार | Tue Jul 15 2025


ट्रकको ठक्करबाट १ जनाको मृत्यु, दुई घाईते


0
Shares

धादिङ, फागुन १२ । धादिङमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले धादिङको गजुरी गाउँपालिकामा बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।

यस्तै, चितवनबाट काठमाडौं आउँदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बेनिघाट रोराङ गाउँपालिकामा बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

घाइते बालविकास रावल र उमा सावदको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।