१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अध्यक्ष दाहाल भन्छन्: सोमबार ३ बजेसम्म सरकारले पूर्णता पाउँछ


0
Shares

शनिबार भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले भने–‘भोलि बेलुकासम्म सबै मन्त्रीको टुंगो लाग्छ । पर्सी ३ बजे शपथका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने प्रधानमन्त्री केपी ओलीसँग कुरा भएको छ ।’

पार्टीले नयाँ–पुराना दुबै मिलाएर कार्यदक्षता र अनुभवका आधारमा मन्त्री छनोट गर्ने दाहालले बताए ।

पार्टी एकता कार्यदललाई १५ दिनको समय दिइएको भन्दै उनले समयमै काम सकेर औपचारिकरुपमा एकता घोषणा गरिने बताए ।

उनले पार्टी एकतालाई ऐतिहासिक र अनौठोरुपमा हेरिएको भन्दै यो संवेदनशील समयमा सबै सर्तक रहनुपर्ने बताए ।

‘मदन भण्डरी र दरबार हत्याकाण्डजस्ता घटना फेरि हुनसक्छ किन भन्नुभएको ?’ भन्ने पत्रकारका जिज्ञासामा उनले भने–‘ठ्याक्कै त्यस्तै नभएपनि यो समय संवेदनशील रहेकाले सबै सतर्क रहनु मैले भनेको हुँ ।’