
मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि शनिबार एक समिति गठन गरेका हुन् ।
घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको कानुनमन्त्री भण्डारीले जानकारी दिए ।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वली, सडक डिभिजन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रतिनिधि, ट्राफिक कार्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकृत प्रतिनिधिलाई सदस्य तोकिएको छ ।
समितिले दुर्घटनाका कारण खोजी गरी त्यसको न्यूनीकरण गर्न मन्त्रालयमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने र त्यसैका आधारमा आवश्यककार्य गरिने बताइएको छ ।
बिहीबार साँझ दैलेखमा भएको जिप दुर्घटनामा परी चारजनाको मृत्यु भएको थियो भने चारजना गम्भीर घाइते भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्