जंगलीहात्तीको आक्रमणबाट दुईजनाको ज्यान गयो • Image Khabar Image Khabar


जंगलीहात्तीको आक्रमणबाट दुईजनाको ज्यान गयो


Imagekhabar
१२ फाल्गुन २०७४, शनिबार १४:४४

जंगलीहात्तीको आक्रमणबाट दुईजनाको ज्यान गयो

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका–७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घरनजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई शनिबार मध्याह्न १२ बजे जंगलीहात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्