
शनिबार म्याग्दीको बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी वान को क्याबिनेट बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश योजनाहरु समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नम्बर–४ नेपालकै उत्कृष्ट प्रदेश हुनसक्ने प्रशस्त आधारहरु रहेकाले आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेखालका योजनाहरु ल्याइने उनको भनाइ थियो ।
प्रदेश–४ लाई सुन्दर, शान्त, समृद्ध र सभ्य बनाउने अभियान सुरु भइसकेको मुख्यमन्त्री गुरुङले बताए ।
बैठकमा देशभरका करिब २ हजार लायन्सहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्