
उनीमाथि षड्यन्त्र, मनी लाउन्ड्रिङ, गलत सन्देशको प्रवाहजस्ता मुद्दा लगाइएको छ ।
उक्त अभियोगमा मानाफोर्टले गोप्यरूपमा रूस समर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरू र पूर्वराजनीतिज्ञलाई २५ लाख अमेरिकी डलरभन्दा बढी घुस दिएको आरोप लगाइएको छ ।
तर, उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् ।
ट्रम्पको चुनावी अभियानका अर्का पूर्वसहव्यवस्थापक रिक गेट्सले भने एफबीआईसमक्ष झुटो बोलेको स्वीकार गरेका छन् ।
विशेष जाँचकर्ता मलरले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रूसी हस्तक्षेप भएको दाबीमाथि अनुसन्धान गरिरहेका छन् ।
गेट्सले मलरको जाँचमा सबै विषयमा सघाउने प्रतिबद्धता जनाएपछि नयाँ अभियोगहरू दर्ता भएका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्