प्रधानन्यायाधीश पराजुलीलाई पद छाड्न बाध्य पार्छौं : डा. केसी • Image Khabar Image Khabar


प्रधानन्यायाधीश पराजुलीलाई पद छाड्न बाध्य पार्छौं : डा. केसी


Imagekhabar
१२ फाल्गुन २०७४, शनिबार १७:०६

प्रधानन्यायाधीश पराजुलीलाई पद छाड्न बाध्य पार्छौं : डा. केसी

सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घन्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ।

‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ, न्याय भयो चिटिङ’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा डा. गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चंगुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गरिएको बताए ।

उनले प्रधानन्यायाधीश पराजुलीलाई समयसीमाभन्दा पहिले नै पद छाड्न बाध्यपार्ने उल्लेख गरे ।

कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुलीविरुद्धमात्र नभएर सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताइन् ।

कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरीलगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्