
शनिबार लुम्बिनीमा सम्पन्न चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने र सोही महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बैठकले पूर्वप्रधानमन्त्री भट्टराईलाई पुनः संयोजक चयन गरेको छ ।
यस्तै, प्रदेश नम्बर–१ मा राजेन्द्र किराँती, प्रदेश–२ मा रामरिझन यादव, प्रदेश–३ मा गंगानारायण श्रेष्ठ, प्रदेश–४ मा रुद्रबहादुर गुरुङ, प्रदेश–५ मा नवराज सुवेदी, प्रदेश–६ मा सरुण बाँठामगर र प्रदेश–७ मा कृष्णकुमार चौधरी र प्रवासमा हिसिला यमीलाई इन्चार्जसमेत तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्