Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


पुलिसलाई पराजित गर्दै आर्मीले जित्यो हेटौंडा गोल्डकप


0
Shares

शनिबार भएको फाइनलमा खेलमा निर्धारित् समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

उपाधि विजेता त्रिभुवन आर्मीले रु पाँच लाख तथा उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै त्रिभुवन आर्मीका विमल पाण्डेले रु ५० हजार प्राप्त गरे ।

त्यस्तै, उत्कृष्ट गोलरक्षकमा आर्मीकै विकेश कुथू घोषित हुँदै रु २० हजार, उत्कृष्ट डिफेन्समा नेपाल पुलिसका दिनेश राजवंशी, उत्कृष्ट फरवार्डमा नेपाल पुलिसकै अभिषेक रिजाल, उत्कृष्ट मिडफिल्डर पुलिसकै तेज तामाङ घोषित हुँदै जनही रु १५ हजार प्राप्त गरे ।

विजेतालाई नेपाली सेनाको मध्यमाञ्चल पृतनापति उपरथी प्रभुराम शर्मालगायतले पुरस्कार प्रदान गरे । रासस