
विराटनगर, फागुन १३ । विराटनगर महानगरपालिकाले प्रदेश नम्बर १ को संसद् भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने भएको छ ।
महानगर परिषद्को बोर्ड बैठकले विराटनगर–८ स्थित हाट खोला मैदानमा संसद् भवन निर्माण गर्न डेढ विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश नम्बर १ को संसद् भवन नहुँदा संसद् बैठक हाल जिल्ला समन्वय समितिको हलमा बस्दै आएको छ ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले तत्काल संसद भवनका लागि संसद् सचिवालयलाई हाट खोलाको जग्गा उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।
हाट खोलाको सार्वजनिक जग्गा सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको थियो ।
अहिले विराटनगर नगर क्षेत्रमा रहेका १२ वटा सरकारी क्षेत्रीय कार्यालय र ६ वटा जिल्ला कार्यालयबाट प्रदेश सरकारको काम सञ्चालन हुादै आएको छ ।
प्रतिक्रिया दिनुहोस्