
काठमाडौं, फागुन १३ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ ।
शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो ।
संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुने छ ।
कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।
यसअघि हिजो बसेको संसदीय दलको बैठकले छायाँ सरकार गठन गर्नेसमेत निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्