
पक्की पुल निर्माण शुरु भएको ४ वर्ष बितिसक्दासमेत काम पूरा भएको छैन । पुल निर्माणको काम भइरहेका बेला दुई वर्षअघि कालीगण्डकी नदीले छुसाङ बस्ती कटान गरेपछि स्थानीयले काममा रोक लगाएका थिए । त्यसपछि सो पुलको काम अघि बढ्न सकेको छैन ।
जोमसोम–कोरला सडक निर्माणको काम धमाधम अघि बढ्दा पनि पुलको काम भने रोकिएको छ । ग्रामीण पुननिर्माण तथा पुनर्स्थापना आयोजनाको ४ करोड ७३ लाख रुपैयाँको लागतमा लुम्बिनी बिल्डर्सले पुल निर्माणको जिम्मा लिएको थियो ।
७६ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा पुलको ४ वटा पिल्लर उठाइसकिएको छ । निर्माण सम्झौता सकिएको एक वर्ष बितिसक्दा पनि स्थानीयसँग सहमति हुन नसक्दा पुलको काम अलपत्र छाडिएको हो ।
प्रतिक्रिया दिनुहोस्