कमल थापा ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को फाइनलमा • Image Khabar Image Khabar


कमल थापा ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को फाइनलमा


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार १३:२६

कमल थापा ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को फाइनलमा

थापा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्षसमेत हुन् । उनले सेमिफाइनलमा सिंहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरे ।

थापाले उपाधिका लागि सोमबार कृष्ण घलेसँग प्रतिश्पर्धा गर्नेछन् ।

देशैभरका विभिन्न क्लब, विभागीय टोली र खेलाडीको जमघट रहेको प्रतियोगितामा ८६ खेलाडीले सहभागिता जनाएका छन् ।

बुटवल लनटेनिस क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्