
तस्वीर : रासस
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो । कार्यदल सदस्यहरूमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् ।
कार्यदलले दलको नेता चयनका लागि फागुन २१ को मिति तोकेको छ ।
फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो । बैठकले संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ ।
कांग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी शनिबार नयाँ विधान बनाएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
कांग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्