समुदायमा आधारित अपांगता पुनर्स्थापना परियोजना अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता • Image Khabar Image Khabar


समुदायमा आधारित अपांगता पुनर्स्थापना परियोजना अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार १५:४०

समुदायमा आधारित अपांगता पुनर्स्थापना परियोजना अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता

समुदायमा रहेका अपांगता भएका ब्यक्तिहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दलित सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना र युनाइटेड मिशन टु नेपालको सहयोगमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।

अपांगता भएका विद्यार्थीहरुको शिक्षामा सहज पहुँचका लागि र उनीहरुको बौद्धिक विकासका लागि प्रतियोगिता आयोजना गरिएको दलित सामाजिक विकास केन्द्र कपिलबस्तुका कार्यक्रम संयोजक अनिल द्विवेदीले बताए ।

जिल्लाको यशोधरा गाउँपालिका, ५ बैदौलीमा आयोजित तथा गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा भएको प्रतियोगितामा अनिरुद्ध पब्लिक माविको पहिलो समूह प्रथम, सोही विद्यालयको दोस्रो समूह द्वितीय र जनता मावि रंगपुर तृतीय भएका छन् ।

अनिरुद्ध पब्लिक माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठीको अध्यक्षता, आयोजक संस्था दलित सामाजिक विकास केन्द्रका अध्यक्ष रामशरण रैदासको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन शिक्षक बिरेन्द्र कुमार पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्