
काठमाडौंमा आइतबार सम्पन्न सातौं बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दुवै तर्फका संयोजकहरुले छलफलमा सकारात्मक प्रगति भएको भन्दै प्रतिवेदन पनि दुबै देशको हितमा हुने दावी गरे । नेपाल पक्षका संयोजक डा. भेषबहादुर थापा र भारततर्फका संयोजक भगतसिंह कोसियारीले यस्तो दावी गरेका हुन् ।
आठौं तथा अन्तिम बैठक मार्चको अन्तिममा भारतमा हुने र त्यसपछि दुबै देशका सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जनाइएको छ ।
नेपाल–भारत सम्बन्धलाई समग्रमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुई देश बीचको सुरक्षा संवेदनशीलता, जलस्रोत लगायत विषयमा छलफल भएको छ । सन् १९५० को मैत्री सन्धी र पारवहन सन्धिजस्ता विषयलाई समयानुकूल परिमार्जन गर्ने समेत छलफल भईरहेको छ ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा प्रवुद्ध समूह गठन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्