एन्फाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेर्पा भन्छन्– विधान विपरीत निर्वाचनको तयारी • Image Khabar Image Khabar


एन्फाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेर्पा भन्छन्– विधान विपरीत निर्वाचनको तयारी


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार १६:५७

एन्फाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेर्पा भन्छन्– विधान विपरीत निर्वाचनको तयारी

‘फुटबलमा परिवर्तन पक्षधरहरुको भेला’ नाम दिएर काठमाडौंमा आइतबार आयोजना गरिएको कार्यक्रममा शेर्पाले निर्वाचनको आवश्यक तयारीमा आफ्नो पक्षलाई पुरै बेवास्ता गरेको आरोप लगाए । आफ्ना समर्थकहरुका साथ उपस्थित भएका शेर्पाले आफु विजयी भएको खण्डमा गर्नुपर्ने सुधार र विकास कार्यक्रमबारे पनि चर्चा गरेका थिए ।

शेर्पाले एन्फा संस्थापन पक्ष कुनै बहाना निकालेर निर्वाचन नै हुन नदिने षड्यन्त्रमा लागेको आशंकासमेत गरे ।

एन्फाको नयाँ नेतृत्व चयनका लागि यही चैत १४ गते साधारणसभा हुँदैछ । त्यसका लागि अध्यक्षमा संस्थापन पक्षबाट हालका वरिष्ठ उपाध्यक्ष मणि कुँवर तथा असन्तुष्ट पक्षबाट पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्