२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चार्जमा राखेको मोबाइल पड्किएर घरमा आगलागी


0
Shares

सामसुङ कम्पनीको मोबाइल पड्कदा निस्केको आगोले आज दिउँसो वागमती नगरपालिका–४ स्थित अनिल थापाको घरमा आगलागी भएको उक्त वडाका अध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिए । उनका अनुसार दिउँसो घरमा मोबाइल चार्जमा राखेर घरका मान्छे बारीमा काम गर्न गएका बेला अचानक मोबाइल पड्केपछि निस्केको आगोले ओछ्यान भेटेपछि घरमा आगलागी भएको हो ।

घरबाट धुवाँको मुस्लो निस्केको देखेपछि गाउँलेहरु जम्मा भएर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष लामाले बताए ।

तीनवटा कोठा भएको घरको एउटा कोठामा राखेको लत्ता कपडा लगायत विभिन्न सामग्रीहरु जलेर नष्ट भएको छ । आगलागीबाट १ लाख रुपैंयाभन्दा बढीको धनमाल नष्ट भएको पीडितले बताएका छन् ।

बजारमा सस्तोमा पाईने कमसल खालका मोबाईल एवं चार्जर प्रयोग बढ्दै गएपछि सर्ट भएर आगलागी लगायतको घटनाको जोखिम बढेको प्राविधिकहरु बताउँछन् ।