२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभा सदस्यमा मनोनित तीनजनालाई सपथ नगराउन सर्वोच्चको अन्तरिम आदेश


0
Shares

शेरबहादुर देउवा सरकारले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर गरेको रीटमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आइतबार यस्तो आदेश दिएको हो ।

देउवा सरकारको सिफारिस रद्द गर्दै नयाँ सरकारले डा. युवराज खतिवडा, विमला राई र रामनारायण विडारीलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई राष्ट्रिय सभामा नियुक्त गरेकी थिइन् ।

सर्वोच्चले फागुन २० गते दुवै पक्षलाई छलफलका लागिसमेत डाकेको छ ।