काठमाडौं । मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली सुन्दरी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा मिस सिंगापुरसँग पराजित भएपछि भावुक अभिब्यक्ति दिएकी छन् ।
चीनको सान्यामा रहेकी उनले इनस्टाग्राममा भिडियो सन्देश दिंदै नेपालले जित्नुपर्ने थियो तर सिंगापुरले जितेपनि भद्दा गालीसहितको कमेन्ट नगर्न सुझाव दिएकी छिन् ।
सिंगापुर सुन्दरी भेनस पेनिसा पेयसँग पछि परेकी श्रृङ्खलाले आफू प्रतिस्पर्धाबाट बाहिरिनसकेको र अझै संभावनाहरु रहेकाले भद्दा कमेन्ट नगर्न र निराश नबन्न शुभेच्छुकहरुलाई भनेकी छन् ।
मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी श्रृङ्खलादोस्रो चरणमा भने पराजित भएकी हुन् ।
शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी सुन्दरी भेनिसाले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारेकी हुन् ।
श्रृङ्खलाले आफू छनोट हुन नसकेकोमा माफी मागेकी छन् र भावुक बनेकी छन् ।
उनले अझै टप ३० मा पुग्ने आश बाँकी रहेको पनि उल्लेख गरेकी छन् । तर अब अनलाइन भोटले भने काम नगर्ने बताइएको छ ।
ब्युटी विद् अ पर्पोज जित्न सके श्रृङ्खला टप ३० मा पुग्न सक्ने संभावना जिवीत नै छ ।
रसिला आँखा बनाएकी उनले भिडियोमा अझै केही गर्ने इच्छा ब्यक्त गरेकी छिन् ।
प्रतिस्पर्धाका क्रममा तोकिएको समयसीमा भित्र आफूले जिम्मेवारी पुरा गर्न नसकेको बताउँदै अब थप मेहेनत गर्ने बताइन ।
हालसम्म टप ३० का लागि छनेट भएका १३ देशका सुन्दरी प्रतिस्पर्धामा छन् । टप ३० बाट अब टप १२ छानिनेछन् ।
डिसेम्बर ८ मा हुने फाइलन राउन्डसम्ममा टप ५ छनोटमा पर्छन र फाइनल प्रतिस्पर्धामा दुईजना बाहिरिएर एकजना मिस वल्र्ड बन्नेछिन् ।
बाँकी दुईजना भने फस्ट रनर अप र सेकेन्ड रनर अप उपाधि जित्नेछन् ।




प्रतिक्रिया दिनुहोस्