
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी सेवा सञ्चालन गरेको भन्दै होटल सोल्टी, होटल द्वारिकाज, काठमाडौं गेष्ट हाउस, सिटी होटललाई जनही १ लाख रुपैयाँ जरिवाना तिराउन मन्त्री पण्डितले निर्देशन दिएको जनाइएको छ ।
यस्तै मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल, काठमाडौं मोडल हस्पिटल र काठमाडौं अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको जनाइएको छ ।
वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ को व्यवस्था विपरित संचालन गरिएको भन्दै कारबाही गरिएको जनाइएको छ ।
यसैगरी तनहुँको आँबुखैरेनीमा सञ्चालनमा रहेको अरनिको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज, मोरङको कमला रोलिङ मिल, बालाजुमा सञ्चालित दूध वितरण आयोजनाले मापदण्ड पूरा नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्