२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

प्रहरीका अनुसार स१झ ४७१ नम्बरको एम्बुलेन्सले अनटेष्ट लेखिएको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका धनगढीमाई ८ कै २३ वर्षीय दिपेन्द्र महतोको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा गएराति सवा १० बजे मृत्यु भएको हो ।

एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।