२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रीहरुको नाम टुंगो लाग्न बाँकी


0
Shares

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ११ दिन पनि ओलीले सरकार विस्तार गर्न लाग्नुभएको हो । उहाँ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी एकतामा सहमत नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रिपरिषद् विस्तारका विषयलाई लिएर प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

दुई नेताबीचको छलफल पनि उनीहरुले आ–आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबण्डा भइसकेको छ ।

तर, दुवै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न समस्या भएको छ ।

ओली र दाहालले आज आ–आफ्नो पार्टीभित्र छलफल गरी अपराह्न मन्त्रीहरुको सपथ गराउने तयारी भएको छ ।