२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


१ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माण गर्न महायज्ञ संचालन


0
Shares

बाग्लुङ, फागुन १४ । बाग्लुङमा १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माणको सहयोगार्थ महायज्ञ संचालन गरिएको छ ।

बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र संरक्षण गर्न बाग्लुङ नगरपालिकास्थित सर्वसिद्धिधाम पञ्चकोटमा १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको हो ।

तीन वर्षदेखि निरन्तर रुपमा थालिएको विश्वशान्ति कलश निर्माणको अभियानलाई पुरा गर्न पञ्चकोट विराट ज्ञान महायज्ञ सञ्चालन गरिएको हो ।

फागुन ९ गतेदेखि शुरु भएको महायज्ञ १५ गतेसम्म चल्ने छ ।

नेपालकै ठूलो महायज्ञको आयोजनासहित धौलागिरी क्षेत्रको विकास गर्न सवा १ लाख शालिग्राम स्थापना, ५ हजार ५ सय ५५ केजीको घण्ट निर्माणलगायतका काम थालिएको पञ्चकोट विराट महायज्ञ मुल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले बताए ।

१ हजार ५ सय मिटरको उचाइमा निर्माण गर्न प्रस्तावित १ सय ८ फिट अग्लो कलश धौलागिरिका अधिकांश स्थानबाट देख्न सकिने छ । मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा अभियान सुरु भएको हो ।