१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो


0
Shares

काठमाडौं, फागुन १४ । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा सोमबर बिहान आगलागी भएको छ । आगोलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा आंशिक नियन्त्रणमा ल्याइएको बताइएको छ ।

बाक्लो घरहरुको रहेको उक्त स्थानमा आगोलागीको कारण बारे थाहा हुन सकेको छैन् । । कतिपयले सिलिन्डर ग्याँस पड्किएर आगो लागेको बताएका छन् । यद्यपी, आगो नियन्त्रणमा आएकाले ठूलो क्षतिबाट भने जोगिएको छ ।